काठमाडौं: अमेरिकामा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरिएको छ।
नेपाली समुदायद्वारा सञ्चालित समाचार पोर्टल 'नेपयोर्क' का अनुसार, हस्टन प्रहरीले पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा एक सन्दिग्धलाई पक्राउ गरेको हो।बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा देखिएका प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो।हाल पक्राउ परेकाको पहिचान भने खुलाइएको छैन।
शनिबार राति स्थानीय समय अनुसार ९:४८ मा मुनाको घरबाट बाहिरिँदै गरेका एक पुरुषको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको थियो।