नेपालमा पछिल्लो २४ घण्टामा कोरोना अपडेट यस्तो छ -

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८ सय १ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजार ६२८ जनाको परीक्षण भएकोमा १८ सय १ जनालाई पोजेटिभ देखिएको जानकारी दिएको छ । यस्तै सोही अवधिमा १६ सय ६७ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ । 

 

६६ सय २८ को पीसीआर र ३ हजार जनाको एन्टीजेन परीक्षण भएको छ । जसमा १२ सय २३ जनालाई पीसीआर र ५७८ जनालाई एन्टीजेन परीक्षणमा संक्रमण पुष्टि भएको छ ।

अहिले सक्रिय संक्रमित २५ हजार ४८५ जना छन् । अहिलेसम्म नेपालमा ७ लाख १६ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ३२ हजार ७४ जना संक्रमणमुक्त हुनुका साथै ९५ सय ५० जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय