छोराको जन्म दिनमा खर्च गर्ने पैसा जोगाएर सचिनलाई सहयोग,गायिका संगीता पौडेल पुगिन् अस्पताल

काठमाडौं - सुमधुर आवाजकी धनी गायिका तथा सर्जक संगीत पौडेलले सचिन परियारको उपचारमा आर्थिक सहयोग गर्नु भएको छ । 

आफ्नो छोराको पुस ९ गते परेको जन्म दिनको अवसरमा खर्च कटाएर आज सचिनको आमालाई सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । उहाँले ५ हजार नगद सहयोग गर्नु भएको हो । 

सहयोग हस्तान्तरण गर्दै पौडेलले ठूलो धन राशि आफूसँग नभए राम्रो सुरुवात गर्न पाउँदा खुसी लागेको बताउनु भयो । साथै बाबुको पूर्ण स्वास्थ्य लाभको समेत कामना गर्नु भयो । 

एक्कासी बिरामी भएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराई रहेका परियारको स्वास्थ्यमा सुधार आइरहेको छ । उनको टाउकोको अप्रेशन गर्नु पर्ने भएको डाक्टरले बताएका छन् । 

 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय