अपर तामाकोशीले हकप्रद शेयर निश्कासन गर्ने

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निश्कासन गर्ने भएको छ । 

बिहीबार बसेको सञ्चालक समितिको  बैठकले चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको हो ।

हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठकाअनुसार उक्त प्रस्ताव स्वीकृतिका लागि १४औं साधारण सभामा पेश गर्ने निर्णय भएको छ । सञ्चालक समितिको निर्णय नेप्सेलाई समेत जानकारी गराइएको छ। 

प्रतिक्रिया