मिनाले यो वर्ष प्रधानमन्त्री देउवालाई भाइटीका लगाउन नपाउने


काठमाडौं–नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई भाइटीका लगाउँदै आएकी मिना पाण्डेले यस वर्ष तिहार मनाउन नपाउने भएकी छिन् । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी पाण्डेका दाजु शिवबहादुर खड्काको गत बैशाख १९ गते निधन भएकाले यो वर्ष उनले यो वर्ष देउवालाई टीका लगाउन नपाएकी हुन् ।


पाण्डेका दाजु शिव बहादुर खड्का र देउवा २०२१ सालमा नख्खु जेलमा सँगै सबेका थिए । त्यो बेला पनि मिनाले आफ्ना दाजु र देउवालाई भाइ टीका लगाएकी थिइन् । त्यो बेलादेखि मिनाले देउवालाई टीका लगाउँदै आएकी थिइन् । देउवाले कहिले मिनासँग  त कहिले बहिनी दुर्गादेवी चन्दसँग टीका लगाउँदै आएका थिए ।


गतवर्ष कोरोनाको कारण विरामी भएर देउवालाई भाईटीका लगाउन नपाएकी मिनाले २०७६ सालमा भने मीनाले दाजु शिवबहादुरसंगै देउवालाई पनि भाइटीका लगाइदिएकी थिइन् । देउवा प्रधानमन्त्री छँदा बालुवाटारमै र अन्य बेला मीनाको बत्तीसपुतलीस्थित निवासमा भाइटीकाको लगाउने गरेका थिए ।


मिनाका दाईसँग देउवाको सम्बन्धको कारण देउवा र मिनाबीच पनि दाईबहिनीको सम्बन्ध भएको हो । देउवासँग दाइको सम्बन्ध भए पनि मिना नेपाल महिला संघको अघिल्लो अधिवेशनमा संस्थापन इतर समूहबाट अध्यक्षको प्रत्याशी बनेकी थिइन् । २०४८ र ५१ मा प्रत्यक्ष निर्वाचित भएकी मीना अहिले समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य छिन् । मिना देउवा इतर समूहमा सक्रियय छिन् ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय