कमलराज ढकाल / चितवन । चितवनको कालिका नगरपालिकास्थित एक सुनचाँदी पसलमा ठूलो चोरी तथा लुटपाट भएको छ। घटनामा संलग्न प्रमुख योजनाकारसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
मिति २०८१।०३।०१ गते राति २०:२० बजे, चितवनको कालिका नगरपालिका वडा नं. ६ खोले सिमल स्थित तेज प्रसाद खनालको घरको पहिलो तल्लामा विनोद सुनारद्वारा सञ्चालित बिनोद सुनचाँदी पसलमा दुई जना अज्ञात पुरुष मोटरसाइकलमा आइपुगे। उनीहरूले पसल व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमलाई धारिलो हतियार देखाउँदै करीब २ करोड १७ लाख रुपैयाँ बराबरको सुनचाँदी र हिराका विभिन्न डिजाईनका गरगहनाहरू लुटे।
पक्राउ परेकाहरूको विवरण:
घटनाको अनुसन्धानपछि खुल्न आएका थप विवरणअनुसार, विनोद सुनारले झूटा चोरी तथा लुटपाटको योजना बनाई बीमा रकम ठगी र विभिन्न व्यक्तिहरूबाट लिएको ऋण रकम चोरी भएको देखाई जालसाजी गर्ने उद्देश्यले लुटपाट गराएको खुल्न आएको छ। उनले पुर्ण बहादुर विश्वकर्मालाई लुटपाटको लागि Contract दिएका थिए। पुर्ण बहादुर र पवन कुमार पासवानले राति २०:२० बजे मोटरसाइकलमा आएर लुटपाट गरेका थिए। पसलका मेनेजर विजय विश्वकर्माले चोरी गर्न आउनेलाई सहयोग गरेका थिए।
लुटिएको सुन गहनाहरू लुकाउन अन्जना पुडासैनीलाई दिइएको थियो, र घटनाको दुई दिन पछि अन्जनाको घरमा गई विनोदले ती गहनाहरू लिई गएका थिए।
प्रहरीले सबै अभियुक्तहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।