बुधबार सार्वजनिक विदा,शेयर बजार खुल्छ कि खुल्दैन ?

काठमाण्डौ । बागमती सरकारले बुधबार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

यस दिन  सोनाम ल्होछार र न्वागी पर्व परेको हुँदा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको हो । 

उनकाअनुसार ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो।

त्यस्तै केन्द्र सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । 


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो । सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै अब भोलि सेयर बजार पनि बन्द हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय