प्रिओपन सेसनमा ८ अंक भन्दा धेरैले बढ्यो नेप्से

काठमाण्डौ - साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से करिव ९ अंकले बढेर समग्र बजार ३०८८ विन्दुमा पुगेको छ । 

यो सेसनमा आज ६२ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ । यो सेसनमा १ करोड ५३ लाखको शेयर खरिद विक्री भएको छ । जस मध्य ४४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मुल्य घटेको छ । त्यस्तै ८ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । 

साधना लद्युवित्तको सबै भन्दा धेरै कारोबार हुँदा करिव १ दर्जन भन्दा धेरै कम्पनीको शेयर मुल्य २ प्रतिशत हाराहारीमा बृद्धि भएको छ । 

प्रतिक्रिया