बिहानै राप्ती हाइड्रोको आईपीओ बाँडफाँड हुँदै,यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज साउन ९ गते (सोमबार) बाँडफाँट हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार प्रिअलमेन्ट सकाएर सोमबार शेयर बाँडफाँट गर्ने भएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यलय नक्सालमा बिहान ९ बजे बाँडफाँट हुनेछ । ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

नतिजाको लागि बाँडफाँड भएको केही समयमा iporesult.cdsc.com.np मा जान सकिन्छं । 

 

 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय