काठमाडौ - उपत्यकाको फोहोर व्यवस्थापन हुन लागेको छ । हिजो शुक्रबारदेखि स्थानीयले आन्दोलन स्थगित गरेसँगै तत्कालका लागि समस्या समाधान भएको हो । शुक्रबार बञ्चरेडाँडा ल्याण्डफिल साइटमा निर्वाध फोहोरको अन्तिम विसर्जन भएको छ । बिहीबार बेलुका ७ बजेदेखि सुक्रबार बिहान १ बजेसम्म महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग प्रभावित क्षेत्रका वडाध्यक्षहरुसँग भएको सहमतिअनुसार हिजोबाट फोहोर ढुवानी र अन्तिम व्यवस्थापन कार्य भएको हो ।
आज १५३ ट्रक फोहोर व्यवस्थापन भयो । साइटका इन्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठ भन्नुहुन्छ, ‘आज सौहाद्र वातावरणमा फोहोर व्यवस्थापन भएको छ । स्थानीयबाट कुनै पनि खालको अवरोध वा रोकावट भएन । भोलिदेखि तालिकाबद्ध र पूर्ववत् काम गर्ने वातावरण बनेको छ ।’