बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन,अहिले सम्म कति पर्यो आवेदन ?

काठमाडौं - बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा १२.७६ गुणा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबारसम्म कम्पनीको आईपीओमा १८ लाख ७० हजार ७०९ जना आवेदकले २ करोड १२ लाख २६ हजार ७५० कित्ता शेयरका लागि २ अर्ब १२ करोड २६ लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।कम्पनीले चैत १६ गते बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ ।कम्पनीको आईपीओमा छिटोमा चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछआईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । 

यो कम्पनीको शेयर आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज बैंक खुल्ने अवधिमा आवेदन दिन सकिने छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय