फेडवासन वास राष्ट्रिय पुरस्कार एभिन्युज खबरदाता राजेशचन्द्र राजभण्डारीसहित ४ जना पत्रकार पुरस्कृत

चितवन - चितवनमा आयोजित एक समारोहमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)ले राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ। चितवनको सौराहामा फेडवासनको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल सरकारका संघीय खानेपानी मन्त्री प्रदीप यादवले विभिन्न मिडिया हाउसका चार जना पत्रकारलाई सम्मानित गरेका छन्।

पुरस्कृत हुने पत्रकारहरूमा एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी (टेलिभिजनतर्फ), चितवन पोष्टका होमनाथ सापकोटा (छापा माध्यमतर्फ), उकेरा अनलाइनका जगतदल जनाला बि.क. (अनलाइनतर्फ) र रेडियो परासीका मोघनाथ गौतम (रेडियोतर्फ) रहेका छन्।

खानेपानी तथा सरसफाइका क्षेत्रमा समाजमा महत्वपूर्ण योगदान पुर्‍याएका पत्रकारहरूको सम्मानस्वरूप हरेक वर्ष चार विधामा टेलिभिजन, रेडियो, अनलाइन, र छापा माध्यममा काम गर्ने पत्रकारलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्ने गरिएको फेडवासनका अध्यक्ष राजेन्द्र अर्यालले बताए।

प्रतिक्रिया