काठमाडौं - टर्कीमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरुमा महसुस भएका विवरणहरु प्राप्त भएको बीबीसीले जनाएको छ ।
शक्तिशाली भूकम्पबाट कैयौं भवनहरु भत्किएको र धेरै मानिसहरु हाताहाती भएको हुनसक्ने विवरणहरु सार्वजनिक भइरहेका छन् ।
बीबीसीका अनुसार हालसम्म ३०० जनाको मृत्यु भइसकेको छ भने यो संख्या तीव्र गतिमा बढिरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले करिब ४५ सेकेन्ड हल्लाएको थियो ।