माओवादी केन्द्रका जिल्ला अध्यक्ष उपमेयरमा पराजित हुँदा स्वतन्त्रका केपी बरालले मेयरमा दोस्रो मत पाए

कटारी । कटारी नगरपालिकाको सम्पन्न स्थानीय निर्वाचन सकिएको छ । जसमा गठबन्धनबाट काँग्रेस उमेद्वार राजेशचन्द्र श्रेष्ठ मेयरमा निर्वाचित हुँदा उपमेयरमा गठबन्धनबाट उमेद्वार बन्नुभएका विनोद कटुवाल दिवश पराजित हुनुभएको छ ।

कटुवाल माओवादी केन्द्रका उदयपुर जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो । एमालेका उपमेयर उमेद्वार गिता खडकाले ६ हजार ४सय १३ मत ल्याएर निर्वाचित हुँदा कटुवालले ३ हजार ८ सय २१ मत मात्रै प्राप्त गर्नुभयो । जहाँ २५ सय ५२ को फराकिलो मतान्तर रह्यो ।

काँग्रेस र माओवादी केन्द्रको गठबन्धन निर्वाचनमा लडेको थियो । गठबन्धनमा मेयर उमेद्वार राजेशचन्द्र श्रेष्ठले ६ हजार ४ सय १७ मत ल्याएर विजयी हुनुभयो । यसर्थमा गठबन्धनमा एकआपसमा धोका भएको स्थानीय बताउँछन् ।

मेयरमा श्रेष्ठले जित हात पार्दा स्वतन्त्र मेयरमा उमेद्वारी दिएर एकिकृत समाजवादीसँग सहकार्य गर्नुभएको केपी बरालले भने मेयरमा दोस्रो मत पाउनुभयो । बरालले ५ हजार ९ सय ५२ मत पाउनुभयो । यसर्थमा ४ सय ६५ को मतान्तरमा मात्रै बराल निर्वाचनमा निर्वाचित हुन सक्नुभएन् ।

बराल माओवादी केन्द्रकै नेता हुनुहुन्छ । उहाँ माओवादी केन्द्रबाट मेयरमा उमेद्वारको आकांक्षी हुनुहुन्थ्यो । माओवादी केन्द्रले उमेद्वार नबनाएपछी उहाँले स्वतन्त्र उमेद्वारी दिंदै जितको नजिकमा पुग्नुभयो ।

कटारीमा गठबन्धन गरेपनि अधिकांश वडामा गठबन्धन पराजित बन्यो ।वडामै गठबन्धनका उमेद्वारहरुलाई एमालेले पराजित गर्यो । गठबन्धन गरी उमेद्वार दोहोराएको माओवादी केन्द्र वडा नम्बर ११ र ८ मा पराजित बन्न पुगे ।

११ मा एमालेका लोपोन्मुख समुदायका अनन्त हायुले केन्द्रका दिपक बुढाथोकीलाई हराउनुभयो । त्यसैगरी वडा नम्बर ८ मा उमेद्वार दोहोराएको कमल श्रेष्ठलाई नविन तामाङ्गले स्वतन्त्र उमेद्वारी दिएर हराउनुभयो ।

एमालेले ७ वटा वडामा जित हात पार्दा माओवादी केन्द्र जम्मा १ वडामा सिमित हुन पुग्यो । जसमा कटारी १२ मा एक्लाएक्लै लडेको केन्द्रका यम्बरबहादुर कटुवालले जित पार्नुभयो ।

त्यसैगरी कटारी ९ मा एकिकृत समाजवादीका वेगबहादुर आलेले जित हात पार्नुभयो । गठबन्धनबाट काँग्रेसले ७ नम्बर वडामा सुविन ढुंगाना , ३ नम्बरमा पुष्कर खड्का र २ नम्बरमा प्रेम थापा गरी ३ वटा वडाध्यक्षमा चित्त बुझायो ।  १४ वडामध्ये वडा नम्बर ४ मा स्वतन्त्र उठेर भुपेस तामाङ्गले जित हात पार्नुभयो ।

प्रतिक्रिया