काठमाण्डौ । दर्जनौं गीतहरूमा तीखो कलम चलाएका अब्बल सर्जक प्रल्हादको सुवेदीको नयाँ गीत हरि दाइ यति बेला निकै चर्चामा छ । सँधै गीत लेख्न सर्जकको आवाज सुन्न पाउदा दर्शक चकित परेका छन । उनको आवाजमा समेत जादु रहेको दर्शकको प्रक्रिया छ ।
फरक उमेरका प्रेमीहरूको माया प्रेमलाई विषय बनाएर तयार पारिएको पछिल्लो गीत हरि दाइमा सुवेदीले दमदार शब्द सिर्जना गरेका छन भने लय समेत सुमधुर रहेको छ । अस्मिता डल्लाकोटीले आवाजमा साथ दिएको गीत हेर्न थाले पछि दर्शकलाई अन्तिमसम्म बाँधेर राख्छ ।
गीतको म्युजिक भिडियो समेत कुमार केसीले निकै मेहनत गरेर निर्देशन गरेका छन । रिना थापा मगर,लोमस शर्मा,दीलिप हमाल सुवेदीको अभिनय रहेको गीतलाई सुवेदीको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।