पौडेलको नेतृत्वमा सेवाग्राही मैत्री बन्दै ठिमी वितरण केन्द्र

काठमाडौं– नेपाल विद्युत प्राधिकरण ठिमी वितरण केन्द्र अहिले सेवाग्राही मैत्री बन्दै गएको छ । सरकारी स्वामित्वका संस्थानले प्रदान गर्ने सेवा चुस्त हुन नसकेको गुनासो आइरहेका बेला ठिमी वितरण केन्द्रले आधुनिक प्रविधिको प्रयोग गरेर सेवालाई प्रविधिमैत्री बनाएको छ ।

सेवाग्रहीको सुविधा तथा आफ्नो गुणस्तरीय सेवा सुनिश्चित गर्न “ठिमी विद्युत (thimi bidhut) मोबाईल एप मार्फत सेवा सुचारु सुरु गरेको छ । एण्ड्रोइड तथा आईओएस दुबै प्लेटफर्ममा उपलब्ध यस एप मार्फत सेवाग्राहीहरुले त्यस कार्यालयबाट उपलब्ध सबै सेवा सुविधाको जानकारी लिन सक्छन् । ठिमी वितरण केन्द्र प्रमुखको जिम्मेवारी सम्हालेर आए पछि ईन्जिनियर रोहिणी पौडेलले सुधारको थालनी गरेका हुन् ।

सेवाग्राहीलाई सँस्थागत व्यवस्थापन तथा नविन प्रविधि मार्फत युग सुहाउँदो सेवा प्रदान सुरु गरेको पौडेलले बताए । विद्युत महशुल बारे आफ्नै एपमार्फत जानकारी लिन र भुक्तानी समेत गर्न सक्ने व्यवस्था मिलाएको पौडेलले बताए । कार्यालयको सेवा, विद्युत संरचना र लाईन बारे प्रष्ट जानकारी लिनुका साथै केही गुनासो भएमा एप मार्फत नै गुनासो सम्बन्धित निकायमा पुर्याउन सकिन्छ ।

सुनुवाई भए नभएको तथा कार्यप्रगति बारे समेत मोबाईलबाट नै सम्पूर्ण जानकारी लिन सकिने गरी एप निर्माण गरिएको केन्द्र प्रमुख पौडेलले बताए । चौबिसै घण्टा विद्युतपूर्ण रुपमा सुनिश्चित गर्न विभिन्न आकस्मिक खराबीहरुको कारण नसकिने भए पनि सोको समयमै सही सूचना प्रवाह गरिएको उनले बताए । के कारणले बिजुली गयो र कति समयमा बनिसक्छ भन्ने जानकारी नो–लाईटमा फोन गरेर पनि लिन सकिन्छ ।

सेवाग्राहीले मोबाईल एपमै हेरेर सम्पूर्ण जानकारी लिन सकिने व्यवस्था मिलाएको छ । पौडेलले यसअघि पनि आफूले काम गरेको ठाउँमा अब्बल प्रमाणित गर्दै आएका छन् । पौडेल बाग्लुङ्ग वितरण केन्द्रको प्रमुख हुँदा नै सम्भवत नेपालका सार्वजनिक सेवाप्रदायक हरुमध्ये पहिलो पटक मोबाईल एपमार्फत सेवा प्रदान गर्न सुरु गरेका थिए । पौडेल “नेपाल विद्युत प्राधिकरण, उत्कृस्ट कर्मचारी प्रोत्साही पुरस्कार–२०७२“बाट समेत सम्मानित भैसकेका छन् । उनी यसअघि सिमरा वितरण केन्द्रमा कार्यरत रहँदा समेत सेवाग्राहीको लागि सुविधासम्पन्न अत्याधुनिक काउन्टर निर्माण गरी सेवा दिएर प्रसंसा कमाएका थिए ।

प्रतिक्रिया