आइपीओमा अचाक्ली आवेदन पर्न थाल्यो,एसिएसन हाइड्रोपावरको शेयरमा २१ गुणा बढि आवेदन

 
काठमाण्डौ । शेयर बजार निरन्तर ओरालो लाग्दा प्राथमिक शेयरमा समेत आवेदन निकै न्युन पर्ने गरेकोमा पछिल्लो समय फेरी सबैको आक्रषण बढेको छ । 

केही दिने अघि मात्र आइपीओ सार्वजनिक गरेको एसियन हाइड्रोपावरको शेयरमा मंगलबार बेलुकी सम्म १ अर्ब ४६ करोड ८१ लाख २ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आज सम्ममा १३ लाख १८ हजार ७९८ जनाले १ करोड ४६ लाख ८१ हजार २० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा २१।०५७ गुणा बढी आवेदन हो । एसियन हाइड्रोपावरले माघ २७ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो । यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४।७१ अर्थात ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो । 

जसमध्ये १०% अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै, ५% अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २% (१६ हजार ८ सय कित्ता) कर्मचारीहरुलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् । यसमा बुधबार (फागुन ३ गते) सम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।


लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ साल असार १७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० वैशाख १५ गतेसम्म बाहल रहनेछ ।


 

प्रतिक्रिया