तेल र दालको मूल्य अचाक्ली बढ्यो


काठमाडौं–दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदा उपभोक्ताको भान्सा महंगिएको छ । हरेक घरमा बिहान–बेलुकी आवश्यक पर्ने तेल र दालको मूल्य बढाइँदा न सरकारी निकायले चासो दिएका छन्, कसैले सडकमा आवाज नै उठाएको छ । कोरोना आउनुअगाडि एक कार्टुन खानेतेल १ हजार २ सय रूपैयाँमा आउँथ्यो । अहिले एक हजार ८ सय रूपैयाँसम्म पुगेको छ । यस्तै, केही दालमा प्रतिकिलो ४० रूपैयाँसम्म मूल्यवृद्धि भएको छ ।


लकडाउनका बेला नेपाल वनस्पति घ्यू–तेल उत्पादक संघले तोकेको मूल्यभन्दा बजारमा खानेतेलको मूल्य धेरै भएको थियो । बैशाखमा भएको लकडाउनको समयमा सनफ्लावर तेलको १ लिटरको पाकेटमा २८० रूपैयाँ मूल्य तोकिएको थियो । तर नेपाल वनस्पति घ्यू–तेल उत्पादक संघले दिएको तथ्याङ्कमा सनफ्लावर तेलको मूल्य २७० रूपैयाँभन्दा धेरै छैन । 


भटमास र तोरीको तेल पनि संघको मूल्यभन्दा धेरैमा बिक्री भएको थियो । संघले एउटा मूल्य वाणिज्य विभागमा बुझाउने तर बजारमा चर्को मूल्य असुल्ने प्रवृत्ति छ ।संघको तथ्यांक अनुसार पनि १ वर्षको समयमा नै भटमासको तेलमा ८५ रूपैयाँ मूल्य वृद्धि भएको छ । २०७७ साल असोजमा प्रटिलिटर १७५ रूपैयाँमा पाइने भटमासको तेल अहिले प्रतिलिटर २६० रूपैयाँ पुगेको छ ।


अघिल्लो वर्ष तोरीको तेल प्रतिलिटर २ सय रूपैयाँ थियो । अहिले प्रतिलिटर २७५ रूपैयाँ पुगेको छ । त्यस्तै, सनफ्लावर तेल प्रतिलिटर १८० थियो भने अहिले प्रतिलिटर २७० रूपैयाँ प्रतिलिटर पुगेको छ ।दालमा पनि तेलमा जसरी नै मूल्यवृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष दालको पनि मूल्य वृद्धि चर्को छ ।खुद्रा व्यापार संघका अनुसार दालमा प्रतिकेजी ३५ रूपैयाँसम्म मूल्यवृद्धि भएको छ । अघिल्लो वर्ष रातो दाल प्रतिकेजी १२५ रूपैयाँ थियो । यस वर्ष मूल्यवृद्धि भएर १६० रूपैयाँ पुगेको छ । एक वर्षमै ३५ रूपैयाँ मूल्य बढेको हो ।त्यस्तै, रहरको दालमा प्रतिकेजी १० रूपैयाँ मूल्यवृद्धि भएको छ । अघिल्लो वर्ष प्रतिकेजी १७० रहेकोमा यसवर्ष १८० रूपैयाँ केजी पुगेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय