काठमाडौं - अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित संख्या घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० पीसीआर र ३ हजार २९५ एन्टिजेन विधिबाट गरिएको परीक्षणअनुसार ३ हजार ५४० नयाँ संक्रमित भेटिएका छन् ।
संक्रमितमध्ये पीसीआरबाट ३ हजार ४९ र एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ३५९ निको भएका छन् । मन्त्रालयको ब्रिफिङअनुसार गत ४ दिनको अवधिमा ३२ जनाको मृत्यु भएको छ ।
अहिले सक्रिय संक्रमित ८३ हजार ९९९ जना छन् ।