काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बुक क्लोज हुँदै छ । सो कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर ५ गते, आइतबार बुकक्लोज गर्दैछ। यस अनुसारा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश पनि प्राप्त गर्न सक्नेछन्।
लघुवित्तले मंसिर १६ गते बिहान ११ बजे, आम्रपाली व्याङ्केट, भाटभाटेनी काठमाडौंमा साधारण सभा बोलाएको छ। साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत अर्थात ८ करोड ७६ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।५३ प्रतिशत अर्थात ४६ लाख १४ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ।