करिव एक महिनापछि आइतबार खुलेको शेयर बजार सामान्य अङ्कले बढ्यो

काठमाण्डौ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै करिव एक महिना बन्द भएको आइतबारको शेयर बजार असार लागेसँगै आज पहिलो दिने खुलेको छ । खुलेसँगै प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले बढेको छ । 

यतिबेला नेप्से १९७१ विन्दुमा आएको छ । एक वर्ष अघि सम्म बजार ३२ सयको विन्दुमा थियो । त्यस यता नेप्से निरन्तर ओरालो लागिरहेको छ । आज प्रिओपन सेसनमा १ लाख माथिको शेयर कारोबार भएको छ भने ७ कम्पनीको शेयर किनबेच भएको छ । 

कारोबार भएका मध्य २ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ । आज बैंक क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ भने नबिल बैंकको शेयर सबै भन्दा धेरै खरिद बिक्री भएको छ । 

प्रतिक्रिया