हजुरको छुट्ला नी ? आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डो । गत हप्ता देखि प्राथमिक शेयर सार्वजनिक गरेको साहस उर्जा कम्पनी लिमिटेडको प्राथमिक शेयर आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ६ गते देखि शेयर आवेदन खुल्ला गरेको थियो । भने यस अगाडीनै कम्पनीको शेयरमा माग भन्दा धेरै आवेदन परिसकेको छ ।

आवेदन दिन छुटेका लगानीकर्ताहरुले आज बेलुकी ५ बजे सम्ममा शेयरमा आवेदन दिन सक्ने छन । 

कम्पनीले कुल ७० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ५% (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र ३% (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । 

प्रतिक्रिया