काठमाण्डौ । सन्देशमूलक देखि लिएर दर्शक स्रोताको मनोरञ्जनको लागि समेत उत्कृष्ट सिर्जना गर्न सिपालु लोकप्रिय सर्जक तथा गायक विष्णु खत्रीको यो वर्षको लागि नयाँ तीज गीत बिग्रेकी चेली भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतको अडियो र भिडियोबाट मौलिकता र आधुनिकताको मिश्रण गरिएको छ । गीतको भाव र मर्म अनुसार खत्रीले सहित गायिका चयन गरेका छन । पछिल्लो समय युवाहरू माझ निकै लोकप्रिय गायिका प्रीति आलेले गीतमा आवाज दिएकी छन भने लय,शब्द खत्रीकै रहेको छ ।
गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै एक लाख भन्दा धेरै दर्शक बनाइ सबै माझ चर्चामा आइरहेको छ । गीतको म्युजिक भिडियो समेत निकै दमदार बनेको छ । काजिश श्रेष्ठको निर्देशन रहेको सो गीतमा हरिश निरौला र प्रिती आलेको अभिनय रहेको छ ।