तक्मेबुढा बने छोरीको बाउ

काठमाण्डौ । चर्चित हास्य कलाकार तक्मे बुढा अर्थात विल्सन विक्रम राईलाई पुत्रीभाल भएको छ ।

राईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफु बाबु बनेको जानकारी दिएका छन । उनकी श्रीमती सरिना लामाले विहिबार झापामा छोरीको जन्म दिएकी हुन । 


छोरी जन्मिएपछि खुशी बाँड्दै विल्सनले अनलाइनखबरसँग भने, ‘छोरीको आगमनसँगै आफूलाई निक्कै भाग्यमानी ठानेको छु । आमा र छोरीको अवस्था निक्कै नै राम्रो छ ।’ विल्सनका अनुसार छोरीको तौल ३ केजीको छ । विल्सनका दुई वर्षका छोरा पनि छन् । विल्सनले छोरीको नाम सभ्यता बी राई राखेको पनि जानकारी दिए ।


नेपाली हास्य क्षेत्रमा ‘मेरी बास्सै’ नामक हास्य सिरियलमा काम गरेपछि विल्सनको चर्चा चुलिएको थियो । यो सिरियलमा उनी ‘तक्मे बुढा’को नामबाट परिचित भएका हुन् । यसपछि उनले केही चलचित्रमा पनि काम गरे । विल्सन पछिल्लो केही समयदेखि भने झापामा घरायसी जीवनमा नै बढी व्यस्त देखिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय