काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ५ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २३७६ विन्दुमा पुगेको छ । योसँगै यो हप्ता नेप्से २ दिन हरियो बनेको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने सुधार आउन सकेको छैन । आज १ अर्ब हाराहारीको शेयर किनबेच भएको छ ।
२२८ कम्पनीको शेयर किनबेच भएकोमा १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने ६९ कम्पनीको शेयर मूल्य भने घटेको छ । साथै बाँकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । एक कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा विकास बैंकको उपसूचकमा चमक आएको छ ।
आज बैंक तथा लघुवित्तको उपसूचक घटे पनि अन्य उपसूचक भने सामान्य बढेको छ । अरुण भ्याली जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ । यो हप्ताको पहिलो दिन आइतबार शतक हाराहारीमा बढेको बजार त्यसपछिका २ दिन भने घटेको थियो ।
अर्थतन्त्र र तरलता अभावले सङ्कटमा देश गइरहेसँगै नेप्सेमा पनि त्यसको दवाव परिरहेको छ ।