निर्वाचन आचासंहिता आजदेखि लागू,के के गर्न पाइन्छ ?

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । यसपछि प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई आफ्नोबाहेक अन्य उम्मेदवारको प्रचारप्रसार गर्न रोक लाग्नेछ । निर्वाचन आयोगका अनुसार आयोगको अनुमति लिएर प्रधानमन्त्री तथा मन्त्रीहरू अन्य उम्मेदवारको प्रचारप्रसार गर्न जान सक्नेछन् ।

 

आयोग पदाधिकारी बैठकले मंगलबार मध्यरातबाट निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

प्रदेशसभा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयन तोकेको छ ।

 

कसलाई–कहाँ आचारसंहिता ?

– नेपाल सरकार र नेपाल सरकारका मन्त्री

– प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री

– संवैधानिक निकाय र त्यसका पदाधिकारी

– नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी

– स्थानीय कार्यपालिका र त्यसका सदस्य

– संघ, प्रदेश र स्थानीय तहका कर्मचारी

– सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी

– सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी

– राजनीतिक दल तथा तिनका भ्रातृ संगठन

– उम्मेदवार तथा सम्बन्धित व्यक्ति

– राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि

– सार्वजनिक पद धारण गरेका व्यक्ति

– अनुगमन समिति पदाधिकारी तथा अनुगमनकर्ता

– पर्यवेक्षण संस्था तथा पर्यवेक्षक

– सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी

– निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी

– विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी

– विकास साझेदार संस्था

– सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी

– मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी

– निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार

– वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्ति । 

राजधानी दैनिक । 

 

प्रतिक्रिया