ग्रीन भेन्चर्सको आईपीओ दोस्रो बजारमा कारोबार सुरु,पहिलो दिन कति कमाए शेयर धनीले ? 

काठमाडौं । सोमबार प्राइज म्याच नभएर दोस्रो बजारमा कारोबार हुन नसकेको ग्रीन भेन्चर्स लिमिटेडको मंगलबार भने मूल्य म्याच भएको छ । 

मंगलबार प्रिओपन सेसनमा कम्पनीको शेयर  प्रतिकित्ता २७१ रुपैयाँ १० पैसामा कारोबार खुलेको हो । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । सोमबार भने स्पेसल प्रि ओपन सेसनमा अर्डर म्याच नभएपछि कारोबार खुला हुन सकेको थिएन ।
 
ग्रीन भेन्चर्सको चुक्ता पुँजीका आधारमा कायम कुल ३ करोड १२ लाख ५० हजार कित्ता सेयर आइतबार सूचीकरण गरिएको थियो । नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम ९१ रुपैयाँ ८६ पैसादेखि अधिकतम २७५ रुपैयाँ ५८ पैसा रेन्ज तोकेको थियो । मंगलबार सोही रेन्जको अधिकतम विन्दु नजिकबाट कारोबार खुला भएको हो । सेयर कारोबारका लागि ‘जीभीएल’ संकेत दिइएको छ ।
 
ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । कुल ३१ लाख २५ हजार कित्ता सेयरमध्ये ५५ अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३५ अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय