काठमाडौ - गत वर्ष कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका नेपालका स्वतन्त्र रेडियोहरुको छाता सङ्गठन Broadcastings Association of Nepal (बान) का अध्यक्ष स्वर्गिय चन्द्र न्यौपानेको प्रथम स्मृति दिवसमा आज माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ ।
सचिवालयमा आज एक कार्यक्रमका बीच कार्यवाहक अध्यक्ष कुमार भट्टराई,निवर्तमान अध्यक्ष गोपाल कुमार झा,सचिव राजकुमार थापासाथै कार्यालय सचिव कृष्ण आचार्यले तस्बिरमा फूल माला अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गर्नु भयो ।
कार्यक्रमपछि प्रतिक्रिया दिँदै कार्यवाहक अध्यक्ष कुमार भट्टराईले उहाँले थालनी गरेका काम पूरा गर्न प्रतिवद्ध रहेको बताउनु भयो । त्यस्तै निवर्तमान अध्यक्ष गोपाल कुमार झाले स्वर्तिय अध्यक्ष न्यौपानेको योगदानको चर्चा गर्दै उहाँको निधनले रेडियो जगतलाई ठूलो क्षति पुगेको बताउनु भयो । त्यस्तै सचिव राजकुमार थापाले पनि अध्यक्षको निधनले संस्थालाई ठूलो क्षति पुगेको बताउनु भयो ।
न्यौपाने सप्तकोशी एफएमको सञ्चालन समेत हुनुहुन्थ्यो । न्यौपानेको २०७८ जेठ १४ गते उपचारको क्रममा इटहरीमा निधन भएको थियो ।