बिहिबार प्रिओपन सेसनमा घट्यो शेयर बजार

काठमाण्डौ । बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । यो हप्ता बजार लगातार घटिरहेको छ । 

आज नेप्से घटे पनि हिजोको तुलनामा कारोबार रकम भने बढेको छ । नेप्से परिसूचक अहिले २१३० विन्दुमा छ भने आज १४ कम्पनीहरूको ८ लाखमाथिको शेयर किनबेच भएको छ । 

कारोबार भएका मध्य ९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको भने घटेको छ । आज नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय