इङ्वा हाइड्रोपावर आईपीओ निष्काशन गर्ने

काठमाडौं - इङ्वा हाइड्रोपावर लिमिटेड सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

कम्पनीले आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले आईपीओ निष्काशनको लागि बोर्डमा २०७८ फागुन ६ गते नै बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले विद्युत नियमन आयोगमा आईपीओ निष्काशन गर्न पुर्व स्वीकृतिकाे लागि आवश्यक कागजपत्र समेत पेश गरेको छ । कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैकिङ्ग रहेको छ ।

प्रतिक्रिया