नेपाल लाइफको लाभांश लिन चाहनु हुन्छ ? आज अन्तिम मौका

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  आज बुक क्लोज मिति रहेको । कम्पनीको १४ प्रतिशत बोनस शेयर र प्रस्तावित बोनस शेयरको कर प्रयोजनार्थ ०।७३६८ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने चैत ६ गते आइतबार अन्तिम दिन रहेको छ ।

चैत्र २१ गते सोमबार आह्वान गरिएको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेपाल लाइफले चैत्र ७ गते सोमबार सेयर दाखिल खारेजी गर्दैछ ।

बुकक्लोज अनुसार चैत्र ६ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीले मात्रै साधारण सभामा प्रतिनिधित्व गर्न र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनी सञ्चालक समितिको फागुन २७ गते सम्पन्न ३३३ औं सञ्चालक समितिको बैठकले चैत्र २१ गते सोमबार होटल भिष्वा, बिरगंज पर्सामा बिहान ९ बजे साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनार्थ ०।७३६८ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ । बोनस सेयर जारी पछि हुने सेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई तदनुरूप वृद्धि गर्ने । बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय