काठमाडौं - बुधबार बिहान दुःखद खबर आएको छ । सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।
साथै १ जना गम्भीर घाइते भएका छन् । दुर्घटना सल्यान कपुरकोटमा भएको प्रहरीले जनाएको छ ।
बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ स्थित मुलपानीमा दुर्घटनामा परेको हो ।
जीप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । थप विवरण आउन बाँकी छ ।