काठमाडौं - निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा कोरोना संक्रमण केही बढ्दै गएको देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६०५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार ४ हजार ८७६ पीसीआर र ३२५६ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार १३२ जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ५५२ हजार जना संक्रमणमुक्त भएका छन् भने २७ संक्रमितको मृत्यु भएको छ । अझैपनि ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् भने काठमाडौं उपत्यका, चितवन, रसुवा, म्याग्दी, कास्की, जुम्ला, सुर्खेत, मकवानपुर जिल्ला संक्रमणको उच्च जोखिममा रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।
नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ७३९ पुगेको छ । जसमध्ये ६ लाख ९ हजार २१८ हजार जना निको भएका छन् भने ९ हजार २२५ जनाको मृत्यु भएको छ ।