एक दर्जन जलविद्युत् कम्पनीद्वारा बोनस शेयर र लाभांश दिने घोषणा


काठमाडौं– विभिन्न जलविद्युत कम्पनीले बोनस शेयर र लाभाशं वितरण गर्ने भएका छन् । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १२.६ प्रतिशत बोनस सेयर दिने भएको छ भने अरुण भ्याली हाइड्रोपावरले ०.५२ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।


साथै, सानिमा माई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई ०.५२ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । त्यसैगरी सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले १० प्रतिशत बोनस र ५२ प्रतिशत नगद गरी १०.५२ प्रतिशत लाभांश दिने भएको छ ।


अपि पावर कम्पनीले १०.५ प्रतिशत बोनस र ०.५५ प्रतिशत नगद गरी ११.०५ प्रतिशत लाभांश दिने भएको छ भने अरुण काबेली पावर कम्पनीले १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद गरी १७.८९ प्रतिशत लाभांश दिने भएको छ ।  रैराङ हाइड्रोपावर डेभलपमेन्ट बैंकले १२.६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय