सुनको मूल्यले नयाँ उचाइ छोयो, तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्दै ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबारको तुलनामा सुनको मूल्यमा थप वृद्धि हुँदै प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँ पुगेको हो।

अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ५८ हजार ८०० रुपैयाँ थियो। यो वृद्धिसँगै प्रति १० ग्राम सुनको मूल्य १ लाख ३६ हजार ४९० रुपैयाँमा पुगेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिन झैं आज पनि चाँदी प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएकोछ।

प्रतिक्रिया