काठमाडौ । दोलखाको मेलुङ गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठलाई स्थानीयले कठालो समोतेका छन् ।
गाउँपालिकामा सडक गुणस्तरीय बनाउन नसकेको र फोनमा झुटो बोलेको विषयलाई लिएर स्थानियले अध्यक्षको कठालो समातेका हुन्। शनिवार बिहान गाउँपालिकाको वडा नम्बर ३ मुकुनेमा जनक बहादुर तामाङलाई उपचारको लागि अस्पताल लैजानका लागि गाडी बोलाएको थियो । तर, पहिरोका कारण सडक अवरुद्ध भएपछि स्थानियले गाउँपालिका अध्यक्ष श्रेष्ठलाई फोन गरेर बाटो खुलाउन डोजरको ब्यवस्था गर्न आग्रह गरे । अध्यक्ष श्रेष्ठले म अहिले जिल्ला बाहिर छु म कसैलाई भनिदिउँदा भन्दै झुटो बोलेर फोन राखिदिए । तर बाटो सफा गर्न कुनै पहल नभएपछि बिरामीका आफन्तहरु स्ट्रेचरमा बिरामी बोकेरै अस्पताल लैजान हिँडे । तर जिल्ला बाहिर छु भनेका अध्यक्ष टुप्लुक्क बाटोमै फेला परे । काम गर्नका दुखले झुटो बोलेको भन्दै रिसाएका स्थानियले अध्यक्षको कठालो समाते ।
स्थानीय प्रेम लामाकाच अनुसार सदरमुकाममा छु भन्दै गाउँमै भेटिएपछि अध्यक्ष श्रेष्ठमाथी बिरामीका आफन्तले दु व्र् यव हा र गरेका हुन । गाउँमा एम्बुलेन्सको व्यवस्था गर्न पनि नसक्ने र गुणस्तर बाटोपनि बनाउन पनि नसक्ने भन्दै स्थानीयले आ क्रो सि त भएका थिए ।
भिडियो चाहिँ यो हो है दाइ
— Extra Player (@extraa_playerr) August 29, 2021
??? pic.twitter.com/Xs7zK2BhCe