बस मर्स्याङ्दीमा दुर्घटना : ज्यान गुमाउनेको संख्या २७ पुग्यो

sf7df08f}+ . तनहुँको आँबुखैरेनीनजिकै पृथ्वीराजमार्ग अन्तर्गत भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ। शुक्रबार बिहान आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट भारतीय यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्दा सुरुमा १४ जनाले ज्यान गुमाएका थिए। 

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार, साँझसम्म उपचारका क्रममा अस्पतालमा पुर्याइएका थप यात्रुहरूको निधन भएसँगै मृतकहरूको संख्या २७ पुगेको हो।

दुर्घटनामा ज्यान गुमाउने १५ महिला, ११ पुरुष, र एक बालक रहेका छन्। बसमा सवार सबै यात्रु भारतीय पर्यटक थिए, जो भैरहवा नाका हुँदै नेपाल प्रवेश गरेका थिए। बसमा ४३ जना यात्रु सवार थिए, जसमध्ये १६ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। तर, उपचारका क्रममा केहीले ज्यान गुमाए।

प्रतिक्रिया