कोपा अमेरिका: अर्जेन्टिनाले कोलम्बियालाई १-० ले हराउँदै उपाधि जित्यो

काठमाडौं। अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ। कोलम्बियालाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि आफ्नो पक्षमा पार्यो।

निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि ११२ औँ मिनेटमा लौटारो मार्टिनेजले निर्णायक गोल गरेका थिए।

खेलको ६८ औँ मिनेटमा लियोनल मेस्सी खुट्टाको चोटका कारण मैदानबाट बाहिरिएका थिए।

प्रतिक्रिया