भायनेटको सीजीलाई पछि पार्ने अफर - १२ सय ५० मा १७५ एमबीपीएस स्पीड

काठमाडौं - इन्टरनेट सेवा प्रदायक बीचमा पछिल्लो समय व्यापक प्रस्तिस्पर्धा भइरहेको छ । यसको अग्रपंक्तिमा रहेको छ सिजी नेट । उसैको कुरालाई पछ्याउँदै अन्य कम्पनीहरुले पनि अहिले तिब्र स्पीड र सस्तो मूल्यको वारमा उत्रिएका छन् । 

 

यसै बीच भायानेटले आफ्नो नयाँ अफर सार्वजनिक गरेको छ ।  अब प्रयोगकर्ताले मासिक १२ सय ५० रुपैयाँमै १७५ एमबीपीएससम्मको इन्टरनेट प्रयोग गर्न पाउने भएका छन् । कम्पनीले इन्टरनेट र टिभी सहितको सस्तो योजनाको रुपमा बिहीवार ‘अल्ट्रा–फाइ प्लान’ सार्वजनिक गरेको हो । 

 

यस योजना अन्तर्गत ग्राहकले १७५ एमबीपीएस गतिको इन्टरनेटका साथै २ वटासम्म भायाटिभी उपलब्ध हुनेछ । प्रयोगकर्ताहरूलाई न्यूनतम मूल्यमा उच्चतम् इन्टरनेटको मज्जा दिने योजनाका साथ कम्पनीले यस्ता प्याकेज उपलब्ध गराएको हो । अल्ट्रा–फाई अन्तर्गत, कम्पनीले १२५, १७५ र २५० एमबीपीएसको तीन वटा प्लान सार्वजनिक गरेको छ ।त्यसमध्ये १२ सय ५० रुपैयाँमा उपलब्ध हुने १७५ एमबीपीएसको प्याकेजलाई प्रमुख प्याकेजको रुपमा हेरिएको छ । यसमा ग्राहकले २ वटासम्म भायाटिभी सदस्यता प्राप्त गर्ने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय