काठमाण्डौ । अर्थतन्त्रमा आएको विकराल अवस्था शेयर बजारमा पनि देखिन थालेको छ । नेप्से परिसूचक निरन्तर ओरालो लागेसँगै लगानीकर्ता आत्तिएका छन ।
निरन्तर नेप्से ओरालो लागेपछि अब के गर्ने भन्ने धेरैलाई अन्योल भइरहेको हुन्छ । यसैबीच सक्रिय लगानीकर्ता नवराज दाहालले नेप्से घटेर सयकै विन्दुमै आए पनि घाटा खाएर आफूले कुनै स्टक नबेच्ने बताउनु भएको छ ।
आफ्नो सामाजिक सञ्जालमा उहाँले भन्नु भएको छ, माफियाहरुलाइ खेलो देखाउनकै लागि भएपनि इन्डेक्स तल झारेर आफ्नो स्वार्थ पूरा गर्नुपर्ने छ घटाउन दिनुस् । पोर्टफोलियो जति घटोस् तर आत्तिएर कित्ता घटाउने काम नगरौँ । सानो पूजि र थोरै कित्ता कारोबार गर्ने सबैजनाले सेयर बेच्न चट्टकै बन्द गर्नुपर्छ दाहालको भनाइ छ ।