आयान न्यौपानको 'सोध्ने छैन किन' मा शिशिरको मनमोहक अभिनय

काठमाण्डौ । व्यवसायिक रुपमा नेपाली सांगीतिक क्षेत्र अहिले त्यति धेरै सफल हुन सकिरहेको छैन तर पनि बजारमा धेरै नयाँ गीतहरू भने सार्वजनिक भइरहेका छन ।

देश,विदेशमा रहने र नेपाली लोकदोहोरीलाइ धेरै माया गर्ने लोक प्रेमीहरुले अहिलेको सांगीतिक बजार धानिरहेको धेरैको बुझाइ छ । सानो बजार र धेरै गीतहरू सार्वजनिक हुने पनि नेपाली सांगीतिक क्षेत्रको अर्को दुखद पाटो हो जसले ब्यवसायिक सफलता पाउन कठिन हुन्छ । 

यसैबीच युवा सर्जक आयान न्यौपानको उत्कृष्ट शब्द तथा लय सिर्जनामा नयाँ गति सोध्ने छैन किन भर्खर मात्र सार्वजनिक भएको छ । निर्माण युनिटले गीतको अडियो र भिडियोमा निकै मेहनत गरेका छन । गीतलाई सुनिता बूढा क्षेत्री र सागर धामीले आवाज दिएका छन । 

यता म्युजिक भिडियो भने निशान एसकेले निर्देशन गरेका छन भने अहिलेका लोकप्रिय मोडल शिशिर पौडेल र जुना गुरुङले अभिनय गरेका छन । शिशिरको अभिनयलाई धेरै दर्शकले मन पराएका छन । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय