आइपीओ बाँडफाँड - आवेदन दिने सबैलाई शेयर पर्यो,यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले कास्की जिल्ला मादी गाउँपालिका वडा नं. १ (साविक पार्चे गा.वि.स का सम्पूर्ण वडाहरु), मादी गाउँपालिका वडा नं. २ (साविक नामार्जुन गा.वि.स.का सम्पूर्ण वडाहरु), मादी गाउँपालिका वडा नं. ३ र ४ (साविक थुमाकोडाँडा गा.वि.स.का सम्पूर्ण वडाहरु) र मादी गाउँपालिका ६ र ७ (साविक सिल्दुजुरे गा.वि.स.का सम्पूर्ण वडाहरु) मा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि आइपीओ निष्काशन गरेको थियो ।

कम्पनीले प्रति कित्ता अंकित मुल्य .१०० रुपैयाँ दरकोे जम्मा ९ लाख कित्ता साधारण शेयरका लागि बैंशाख २५ गतेदेखि जेठ २३ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सो अवधि भित्र प्राप्त भएका आवेदनहरुको परिक्षण तथा प्रशोधन गरी रीतपूर्वक आवेदन दिनु हुने आवेदकहरुलाई शेयर मंगलबार बाँडफाँट गरेको हो । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकत्वमा ग्लोबल आइएमई क्यापीटल लिमिटड रहेको छ ।

उक्त शेयरको बाँडफाँट गर्ने क्रममा कास्की जिल्लाको आयोजना प्रभावित क्षेत्रमा रहेका संकलन केन्द (ग्लोबल आइएमई बैंक लि., माछापुच्छे्र« बैंक लि., मुक्तिनाथ विकास बैंक लि. र गरिमा विकास बैंक लि.का शाखा कार्यालय) हरु तथा आस्वा प्रणालीबाट आवेदन दिनुहुने ६७८ जना आवेदकहरुबाट २,८४,४८६ कित्ता शेयरका लागि आवेदन प्राप्त भएको थियो । तोकिएको अवधि भित्र प्राप्त भएका आवेदनहरु आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु बाहेकका बासिन्दाहरुबाट समेत आवेदन दिएको देखिएकोले निजहरुको स्थायी ठेगानाको सम्बन्धमा निजहरुले दरखास्त बुझाएको आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा पत्राचार गर्दा प्राप्त भएको विवरणकोे आधारमा थप अध्ययन गर्दा २३ जना आवेदकहरुबाट २,७३६ कित्ता शेयरको लागि प्राप्त भएको आवेदनहरु आयोजना प्रभावित क्षेत्र बाहेकको क्षेत्रबाट आवेदन प्राप्त भएकोे हो ।

उक्त आवेदनहरुलाई रद्द गरी ६५५ जना आवेदकहरुबाट २,८१,७५० कित्ता शेयरको लागि प्राप्त भएको आवेदनहरु रीतपूर्वक रहेको देखिएकोले ६५५ जना आवेदकहरुलाई २,८१,७५० कित्ता शेयर बाँडफाँट गरिएको छ ।

उक्त बाँडफाँटको नतिजा निष्काशन तथा बिक्री प्रबन्धकको वेभसाइट www.globalimecapital.com तथा निष्काशनकर्ता कम्पनीको वेभसाइट www.hhpl.com.np मा उपलब्ध गराइएको ब्यहोरा समेत जानकारी गराइन्छ ।

प्रतिक्रिया