काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।
स्टकका अनुसार कम्पनीको १ करोड ५९ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ८९.८८ रूपैयाँदेखि अधिकतम २६९.६४ रूपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ ।
त्यस्तै, कम्पनीले दोश्रो बजारमा कारोबारका लागि SGHC सिम्बोल प्राप्त गरेको छ ।
कारोबार भएको दोस्रो दिनमा कारोबार खुल्ने नियम बमोजिम यो कम्पनीको भोलि अर्थात बुधबार प्रि-सेसनबाट दोस्रो बजार कारोबार खुल्ने छ ।