काठमाडौं - २४ घण्टामा देशभर ८ हजार १७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ५ हजार ८१६ र एन्टिनेज परीक्षणबाट २२०१ जनामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टामा २१ हजार ८०८ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा १५ हजार ७३६ पीसीआर र ६ हजार ७२ एन्टिजेन परीक्षण भएको छ ।
२४ घण्टामा ५२९२ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५ ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।