काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ परेको छ भने पक्कै पहिलो कारोबारको प्रतिक्षामा हुनुहुन्छ । कम्पनी अझै सूचीकृत भएको छैन तर यही हप्तामा हुन सक्ने अनुमान गरिएको छ ।
अत्यधिक आवेदन परेपछि गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको थियो । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ३६ हजार ९४८ जना आवेदकले मात्रै पाएका थिए । १० कित्ताका दरले बाँडफाँट गर्दा ८ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ८ कित्ता थप गरेर ८ जना आवेदकलाई ११ कित्ताका दरले दिईएको थियो ।
लघुवित्तको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बनेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लघुवित्तको पहिलो कारोबारका लासग प्रतिशेयर न्युनतम ३४४.३६ रूपैयाँदेखि अधिकतम १ हजार ३३.८ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोक्ने सम्भावना रहेको छ । नेप्सले हरेक कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज निर्धारण गर्दछ ।लघुवित्तको आर्थिक बर्ष २०७७–७८ को प्रतिशेयर नेटवर्थ ३४४ रूपैयाँ ३६ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा १ हजार ३३.८ रुपैयाँ हुन्छ । यदि लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत भएर ओपनिङ्ग रेञ्ज सोही बमोजिम पाउने हो र अधिकतम मूल्यबाट शेयर कारोबार हुने हो भने शेयरधेनी पहिला दिन नै मालमाल बन्ने देखिन्छ । तर त्यसको परिणाम के होला भनेर कारोबारको दिन नै पर्खिनु पर्ने हुन्छ ।
लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृतको प्रक्रियामा रहेको छ । नेप्सेमा सूचीकृत भएपश्चात लघुवित्तको आईपीओ न्यूनतमबाटै कारोबार भएपनि पहिलो दिन नै १० कित्ता शेयर भएका लगानीकर्ताले ३ हजार ४४३ रुपैयाँ आर्जन गर्नेछन् । यदि अधिकतम मूल्यबाट शेयर कारोबार शुरु भयो भने पहिलो दिन नै १० कित्ता भएका लगानीकर्ताको शेयर मूल्य १० हजार ३३० रुपैयाँ पुग्ने छ ।