ज्वाला संग्रौलामाथि पनि हिरासतमै रामधुलाई,कस्ले गर्यो कुटपीट ?

काठमाण्डौ – खुस्बु घिमिरेलाई कुटपिट गरेको र प्रहरीलाई जातीय आरोप लगाएर अपमान गरेको आरोपमा पक्राऊ परेका ज्वाला संग्रौलामाथि प्रहरी कार्यालयमै कुटपिट भएको खबर आएको छ ।

उनी अहिले प्रहरी कार्यालय टेकुको हिरासतमा छन् । उनलाई केही युवाहरुले कुटपिट गरेको मिडियाहरुले लेखेका छन् ।

जेठ १४ गते गौरीघाटमा ज्वाला र उनको समूहले खुश्बु घिमिरेलाई हातपात गरेपछि आज प्रहरीले पक्राउ गरेको हो । काट्छु मार्छु शव्दलाई दालभात जसरी प्रयोग गरिरहन रुचाउने ज्वालाले केही दिनअघि महाराजगञ्जमा मधेसी मूलका ट्राफिक प्रहरीमाथि जातीय विभेद हुनेगरी सार्वजनिक रुपमा अपशव्द प्रयोग गरेकी थिइन् ।

उनलाई अर्को मुद्धा पनि थप गरेर अदालतमा म्याद थप गर्न लागिएको प्रहरीको भनाइ छ ।

ज्वालाले सामाजिक सञ्जाल मार्फत कडा शब्द सहित गालीगलौज गर्ने गरेकी छन् भने आफूहरुले समाजसेवा समेत गरिरहेको उनीहरूको दावी छ ।

प्रतिक्रिया