नेपालमा निरन्तर संक्रमित भन्दा निको हुने धेरै, ज्यान गुमाउनेको संख्या पनि घट्यो

काठमाडौं – नेपालमा कोरोना संक्रमण बिस्तारै नियन्त्रणमा आउन लागेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४०२० जना संक्रमणमुक्त भएका छन् भने ४४ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ५६९ पीसीआर र ४ हजार ४६८ जनाको एन्टीजेन गरि जम्मा १३ हजार ३७ परीक्षण भएको छ । जसमा पीसीआरमा १९६३ र एन्टीजेनमा ८०५ जनालाई पाेजेटिभ देखिएकाे छ ।

नेपालमा हालसम्म ६ लाख १७ हजार ९४७ जनालाई संक्रमण पुष्टि भएकोमा ५ लाख ४९ हजार ६८२ जना निको भएका छन् भने ८ हजार ६४१ जनाको मृत्यु भएको छ । अहिले ५९ हजार ६२४ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया