जनतालाई घरमा थुनेर सरकारको कर तिर्न उर्दी, असार २५ सम्म नतिरे जरिवाना लाग्ने

काठमाण्डौ – सरकारले यही असर २५ गते सम्म कर तिर्न निर्देशन दिएको छ ।

सर्वाेच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो ।

विभागले वैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा कुनै जरिबाना नलाग्ने सूचनामा उल्लेख गरेको छ ।

यसअघि सर्वोच्च अदालतले निषेधाज्ञाभर कर उठाउने सूचना ननिकाल्न सरकारको नाममा अन्तरिम आदेश दिएकोमा हिजो भने कर उठाउन सूचना तोक्न सक्ने गरी आदेश दिएको थियो ।

जनता घरमै थुनिएको बेला कर तिर्न निर्देशन दिनु गलत भएको व्यवसायीहरुले बताएका छन् । आफूहरुले अवस्था सामान्य नहुँदा सम्म कर तिर्न सक्ने अवस्था नरहेको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया