संक्रमण र मृत्यु हुने दुवैको संख्या घट्यो,यस्तो छ पछिल्लो २४ घण्टाको संक्रमण विवरण

काठमाडौं । नेपालमा आज देखि लुज डाउन सुरु भएको छ । त्यस्तै संक्रमण दर समेत बिस्तारि घट्दै गइरहेको देखिएको छ ।

देशभरमा गरी आज २ हजार ७४५ जनालाई कोरोना भाइरस पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १८७ जनाले कोरोनालाई जितेका छन् । सो अवधिमा कोरोनाकै कारण ४१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया