काठमाण्डौ । बजार एकोहोरो घटिरहेका बेला लगानीकर्ता निकै आत्तिन्छन् । यस्तो बेला अग्रज लगानीकर्ताहरूले उनीहरूलाई राहत पुग्ने सुझाव सल्लाहहरू दिइरहेका हुन्छन । यस्तै शेयर बजारको बारेमा विभिन्न माध्यबाट सचेतना दिइरहने अनुभवी लगानीकर्ता नवराज दाहालले यो समय राम्रा कम्पनी होल्ड गर्ने बताउनु भएको छ ।
आफ्नो सामाजिक सञ्जालमा उहाँले बजार घट्यो भन्दैमा राम्रो कम्पनीहरू हतारमा बेच्न नहुने धारणा राख्नु भयो । वित्तीय अवस्था बलियो भएका कम्पनी छन भने अरुको कुरा नसुन्ने ढुक्क भएर होल्ड गरेर बस्ने उहाँको भनाइ छ ।
शेयर बजार अत्यन्तै सुन्दर भएको बताउँदै उहाँले वित्तीय अवस्था कमजोर भएका कम्पनी किन्ने लगानीकर्ताले अरुलाई गाली गरेर नहुने धारणा व्यक्त गर्नु भएको छ । साथै आगामी दिनमा आफूले गरेको गल्ती कम्जोर सुधार गर्दै लैजानु पर्ने उहाँको भनाई छ ।